Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि फार्मको सभापति कोइरालाद्धारा निरीक्षण

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि फार्मको सभापति कोइरालाद्धारा निरीक्षण

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि फार्मको सभापति कोइरालाद्धारा निरीक्षण

पोखरा, २७ असोज । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि फार्मको निरिक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङको नमुना कृषि गाउँको अबलोकन गर्नुभएको हो । गण्डकी प्रदेशका ३६ वटा गाउँलाई नमुना कृषि गाउँको रुपमा विकास गर्ने गरि २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको औपचारीक रुपमा शुरुवात गरेको थियो । प्रदेश सांसदको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमुना कृषि गाउँ’को रुपमा विकास गर्ने गरी गण्डकी प्रदेशमा अहिले ३६ वटा निर्वाचन क्षेत्रमा ३६ वटा वातावरणमैत्री कृषि फार्म सञ्चालन भएको छ ।

कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङमा रहेको वातावरण मैत्री फार्म सांसद कोइरालाको सिफारिसमा गण्डकी प्रदेशको भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोगमा फार्म सञ्चालनमा आएको हो । सभापति कोइरालाले स्थानीयलाई फार्ममा पुर्वाधार निर्माण भएकोले अब ब्यवसायिक उत्पादनमा लाग्न आग्रह गर्नुभयो । सांसद कोइरालाले किसानलाई परेको समस्या के छन भन्ने जिज्ञासामा किसानहरुले प्राविधिकको समस्या भएको बताएका थिए । प्राविधिक नहुदा आफुहरुलाई समस्या भएको पुर्वाधारको कामपनि केही पुरा हुन बाँकी रहेको किसानहरुको भनाई रहेको थियो । सांसद कोइरालाले मन्त्रालय संग समन्वय गरेर केही दिनमा प्राविधिक पठाउने बताउनु भयो ।

रुपागाउँ पालिकाका अध्यक्ष नवराज ओझाले अबलोकन पछि फार्म ब्यबस्थीत रुपमा सञ्चालन गर्न आग्रह गर्नु भयो । आफुहरु बेला बेलामा निरिक्षणमा आउने बताउदै अध्यक्ष ओझाले अन्यठाउँको भन्दा राम्रो फार्म सञ्चालन गर्न आग्रह गर्नु भयो । त्यहाँ दुई समुहले बंगुर पालन संगै प्लाष्टीक घर भित्र गोलभेडा खेती गर्दे आएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका