Samacharpati
साेमबार, माघ १३, २०७६
  • होमपेज
  • प्रहरी दिवशको अवसरमा गण्डकी प्रदेशका विभिन्न व्यक्ति र संस्था सम्मानीत

प्रहरी दिवशको अवसरमा गण्डकी प्रदेशका विभिन्न व्यक्ति र संस्था सम्मानीत

प्रहरी दिवशको अवसरमा गण्डकी प्रदेशका विभिन्न व्यक्ति र संस्था सम्मानीत

पोखरा, २४ असोज । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको ६४ औं प्रहरी दिवस, श्रद्धान्जली तथा पुनमिलन समारोहको विभिन्न व्यक्ति र संस्थाहरु सम्मानीत भएका छन् ।

सो अवसरमा प्रहरी चौकी स्थापनाको लागि जग्गा उपलब्ध गराएका मुस्ताङ ४ घाँसाका बिक्रम गौचन, पर्वत १ विहादीका भोलानाथ शर्मा, तनहुँका बिरेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसै गरी शान्ति सुरक्षा कायम गर्न तथा ट्राफिक सम्बन्धि सचेतनामा उल्लेखनिय रुपमा सहयोग पु¥याएका फेवा टेलिभजिन, नवप्रभात मावि, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रथम उपाध्यक्ष भिम पराजुली, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख मुरारी मिश्र, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शयामु अर्याल, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका प्रहरी सहायक निरिक्षक सुजन घिमिरे, कास्कीका प्रहरी नायव उपरिक्षक रामबहादुर अधिकारी, पूर्व प्रहरी निरिक्षक नरबहादुर शेरचन लगायतका सम्मानित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका