Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • लमजुङमा भीरबाट लडेर मृत्यु, म्याग्दीमा सवारी दुर्घटना

लमजुङमा भीरबाट लडेर मृत्यु, म्याग्दीमा सवारी दुर्घटना

लमजुङमा भीरबाट लडेर मृत्यु, म्याग्दीमा  सवारी दुर्घटना

लमजुङ , २४ असाेज । अंन्दाजी ११:५० बजेको समयमा जिल्ला लमजुङ क्वहोलासोथर गाउँपालिका २ मालिङ बस्ने अंन्दाजी वर्ष ५० को लाल बहादुर सुनार पोखरी टोलबाट आफ्नै घरमा जाने क्रममा क्वहोलासोथर गाउँपालिका २ मालिङ स्थित रहेको भिरबाट अंन्दाजी १०० मिटर तल खस्न जाँदा निजको मृत्यु भएको छ । सुनारकाे मृत्यु  भएकाे खबर प्रहरीलाई  प्राप्त हुनसाथ तत्कालै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक धन बहादुर थापाको कमाण्डमा प्रहरी टोलि खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

जिल्ला म्याग्दी अन्नपूर्ण गाउँपालिका ६ घारा देउराली स्थित भित्री सडकखण्डमा देउरालीबाट गौडाखर्कतर्फ जाँदै गरेको ग १ त ४५७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अंन्दाजी ५० मिटर तल खस्न जाँदा ट्याक्टरमा सवार अन्नपूर्ण गाउँपालिका ६ बस्ने वर्ष ३५ को जम दर्जी र ऐ ऐ। बस्ने वर्ष १९ को कृष्ण दर्जी घाईते   भएका छन् ।  घाईते दर्जीलाई उपचारको लागि बेनी अस्पताल म्याग्दीतर्फ पठाएको छ । घाईतेहरुको अवस्था मध्ययम रहेको छ । उक्त स्थानमा तत्कलै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका