कास्कीमा आगलागी २५ लाख बराबरको क्षती – Samacharpati
Home | About Us | Contact | Unicode |

कास्कीमा आगलागी २५ लाख बराबरको क्षती

पोखरा, २२ असाेज । पोखरा महानगरपालिका १८ सिलिङ्गाबोट स्थित सोही स्थान बस्ने कर्ण बहादुर थापाको ढुङ्गा, माटोले बनेको कच्चि १ तले घरको कोठामा फ्रिजको तार सट भई आगलागि हुँदा घर पूर्ण रुपमा क्षति भएको छ ।

उक्त आगो निभाउने क्रममा सोही स्थान बस्ने वर्ष ३४ र ३५ को अम्मर बहादुर थापा निसास्सिएर घाईते भएकाे हुदाँ उपचारको लागि पोखरा तर्फ पठाएको थियाे उक्त स्थानमा प्रहरी टोली खटिई स्थानीहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको छ उक्त आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षती भएको पाईएको छ ।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित