स्याङजा र पर्वतमा सवारी दुर्घटना – Samacharpati
Home | About Us | Contact | Unicode |

स्याङजा र पर्वतमा सवारी दुर्घटना

स्याङजा , २२ असाेज । वालिङ नगरपालिका- १ रामबाच्छा स्थित सिद्वार्थ राजमार्गमा पोखराबाट बुटवल तर्फ आउदै गरेको लु १ ख ७६६४ नं.को बसले पैदल यात्री वालिङ नगरपालिका-६ बस्ने वर्ष ६५ की फुलमायाँ सार्कीलाई ठक्कर दिंदा घाईते भएकि छन् घाईतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाईएको छ सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

फलेबास नगरपालीका -४ मणिकुवा स्थित फलेबास कुश्मा सडक खण्डमा खानिगाउँबाट कुश्मा तर्फ जाँदै गरेको बा ६ च ६४६ नम्बरको कार अचानक सडकबाट १०र१२ मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त जिपमा सवार चालक सहित ३ जना मध्ये एक जना फलेवास ४ मणिकुवा बस्ने वर्ष अंन्दाजी ५५ की शान्ती शर्मा पौडेल घाईते भएकि छन् घाईते लाई उपचारको लागि पोखरा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।



तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित