Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • प्रहरी कार्यालय पोखरामा मौला पूजा सम्पन्न

प्रहरी कार्यालय पोखरामा मौला पूजा सम्पन्न

प्रहरी कार्यालय पोखरामा मौला पूजा सम्पन्न

पोखरा, २० असोज ।  नेपाल प्रहरीले परम्परागत रुपमा मनाउदै आएको महानवमीको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र अञ्चल सशस्त्र प्रहरी गुल्म पोखरामा मौलो पूजा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले एक कार्यक्रमका बीच मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना समेत गर्नुभएको छ । उक्त अवसरमा उहाँले कुविन्डो तथा वलि पुजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नु भयो र प्रहरीको एक टुकुडिले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवम् देवि देवताहरुलाई शलामी अर्पण समेत गरेको थियो ।


कार्यक्रममा विजया दशमिको शुभकामना व्यक्त गर्दै प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरेले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धीको कामना समेत गर्नुभएको छ । साथै उहाँले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगद पुरुस्कारले समेत पुरुस्कृत गर्नु भएको छ । कार्यक्रम कै अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिपेश लोहनी, संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुद्धारा सयुंक्त रुपमा फुलपाती सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका