गायक सुदन गैरेको ''कोहीको माया हिरा'' सार्वजनिक (भिडियो) – Samacharpati
Home | About Us | Contact | Unicode |

गायक सुदन गैरेको ”कोहीको माया हिरा” सार्वजनिक (भिडियो)

काठमान्डाैँ, २० असाेज । बिगत लामो समय देखि नेपाली गीत संगीतमा क्रियाशील गायक सुदन गैरेले  ‘सानी’  बोलको म्युजिक भिडियोको सफलता पछि नयाँ गीत ”कोहीको माया हिरा” सार्वजनिक गरेका छन। नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाई नाच्ने गाउने रमाइलो बनाउनको लागि अमेरिकाबाट कोसेली स्वरूप गायक गैरेले नयाँ गीत सार्वजनिक गरेका छन् ।

 

यस गीतमा स्वर गायक सुदन गैरेको रहेको छ । किरण माइकलले गीतको शब्द लेखेका हुन भने किरणले नै गीतमा संगीत भरेका छन् । संजय हमालले गीतको संगीत संयोजन गरेका छन् । डान्सिङ प्याटर्नको भिडियोमा अन्जु र बिक्रम फ़िचर्ड  रहेकाे  छ । बिष्णु थापा मगर र श्याम कुमार रायमाझीले सयुक्त रुपमा भिडियोलाई कोरियोग्राफी गरेका छन् । भिडियोलाई छायांकन र सम्पादन फराज अर्पणले गरेका हुन भने गणेश शाहीले भिडियो निर्देशन गरेका छन्। सुदन गैरेको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित