Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • महरा काण्डमा मुछिएकी रोशनी शाहीलाई श्रीमानले दिए डिर्भोस

महरा काण्डमा मुछिएकी रोशनी शाहीलाई श्रीमानले दिए डिर्भोस

महरा काण्डमा मुछिएकी रोशनी शाहीलाई श्रीमानले दिए डिर्भोस

काठमाडौं, १७ असोज । संसद सचिवालयमा काम गर्ने महिला कर्मचारी रोशनी शाही र निवर्तमान सभामुख कृष्णबहादुर महराको काण्ड बाहिर आएसँगै रोशनीसँग उनका पतिले सम्बन्धविच्छेद गरेका छन् । महरा काण्डपछि रातारात मिडियामा आएकी रोशनीले घटनाको २४ घण्टा बित्न नपाउँदै बयान फेरेर महरा आफ्नो बाबु सरह ब्यक्ति भएको बताउँदै फेरी मिडियाबाजी गरेपछि उनलाई पति चित्रजंग शाहीले डिर्भोस दिएका छन् ।

यद्यपी डिर्भोस सहमतिमै सम्बन्धविच्छेद गर्ने निर्णय गरेको बताइएको छ । तर उनीहरुको सम्बन्धविच्छेदले कानुनी पूर्णता पाउन बाँकी नै रहेको स्रोतले जनाएको छ । पति चित्र जंग शाहीले फेसबुकमा आफूहरु दुवैले सम्बन्धविच्छेद गर्न सहमत भएको व्यहोरा लेखि दुवैले हस्ताक्षर गरेको कागज पोस्ट गर्दै यस विषयमा जानकारी दिएका हुन् । गएको आइतबार रोशनी शाहीले आँफुलाई महराले जबरजस्ती गरेको बताएसँगै महराको कर्तुत बाहिर आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका