Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • नवलपरासीमा नदिमा हाम फालेर एक महिलाको मृत्यु, सवारी दुर्घटना

नवलपरासीमा नदिमा हाम फालेर एक महिलाको मृत्यु, सवारी दुर्घटना

नवलपरासीमा नदिमा हाम फालेर एक महिलाको  मृत्यु, सवारी दुर्घटना

नवलपरासी, १७ असोज । विहान गैडाकोट नगरपालिका-२ स्थीत नारायणी पुलबाट बारा जिल्लाको जितपुर सिमरा उप-महानरपालिका-१५ बस्ने वर्ष ५५ कि देवी भट्टराई नदीमा हाम फालेको छन् भन्ने खबर प्रहरीलाई  प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली खटिई खोजतलास गर्दै जाने क्रममा पुल भन्दा अन्दाजी १ किलोमिटर दक्षिण निज महिलाको शव फेला परेको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेको उकालो स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउँदै गरको UP 53 CT 9326 नम्बरको भारतिय ट्रकलाई सोही दिशा बाट आउँदै गरेको UP 53 JJ 1239 नम्बरको भारतिय ट्रकले ओभर ट्याक गर्ने क्रममा साईडबाट ठक्कर दिदाँ UP53JJ1239 नम्बरको चालक र सह चालक घाईते भएका छन् । उपचारको लागि बर्दघाट तर्फ पठाईएको छ । घाईते हुनेमा चालक भारत उत्तर प्रदेश बस्ने वर्ष ३१ को राम आशिष नदेशिया र सह-चालक वर्ष २० को अंगत दुशाद रहेका छन् । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

चुमनुब्री गाउँपालिका-३ जगत बजारमा फोटो खिच्ने क्रममा  स्पेन देशकी नागरीक वर्ष ४९ की KOSEFA MANUELA VADILLO PAREDES (P.P. No. AAJ276057) की  विदेशी पर्यटक महिला लडेर घाइते भएकी छन् घाइते लाई  उपचाको लागि हेलिकप्टर मार्फत काठमाण्डौं पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका