Samacharpati
सोमवार, असार २९, २०७७
  • होमपेज
  • द्वार कस्यार घाटको बाटो खुलाउन न्यायिक समितिको अन्तरिम आदेश

द्वार कस्यार घाटको बाटो खुलाउन न्यायिक समितिको अन्तरिम आदेश

द्वार कस्यार घाटको बाटो खुलाउन न्यायिक समितिको अन्तरिम आदेश

पोखरा, १६ असोज । पोखरा महानगरपालिका वडा नं २१ मा रहेको छुचीको गौँडादेखि जम्मुतारा हुँदै द्वार कस्यार घाटसम्म पुग्ने हालको बाटो विना अवरोध यथावत राख्न न्यायिक ईजलासले अन्तरिम आदेश दिएको छ । सो विषयमा न्यायिक समितिमा परेको उजुरीमाथि को छलफल पछि पोखरा महानगरपालिकाको न्यायिक ईजलासले उक्त आदेश जारी गरेको हो । आदेश अनुसार आगामी कार्तिक २० गते सम्मको समयअवधिमा दुबै पक्ष मिलेर समस्याको समाधान गर्न आग्रह गरिएको छ । सकेसम्म मिलेर जान नभए कार्तिक २० गते यस विषयमा पुनः सुनुवाईमा उपस्थित हुन उपमेयर समेत रहनुभएकी न्यायिक समितिकाअध्यक्ष मञ्जुदेवी गुरुङको भनाई छ ।

बुधबारको ईजलासमा स्वाभिमान नेपालका कुशल बरालको नाममा जग्गा रहेको प्रमाण अपुगभएको र कस्को जग्गा कति भन्ने पनि यकिन नभएकाले अन्तरिम आदेश जारी गरिएको उनले बताईन् । बुधबार भएको छलफलमा दुबै पक्षका कुरा सुनिसकेपछि यस्तो आदेश जारी भएको हो । छलफलमा भाग लिँदै उजुरीकर्ताहरुले तत्कालिन गाविस र जिविसको लगानीमा बनेको बाटो अवरोध विना प्रयोग गर्न पाउनु पर्ने बताए । जग्गादाताहरुले जग्गा उपलब्ध गराईसकेपछि बाटो सार्वजनिकनै भईसेकेको उनीहरुको दावी थियो ।

उजुरीकर्ता एवं द्वार टोल विकास संस्थाका अध्यक्ष बोधराज आचार्यले दोविल्लाको पुलतर्ने वित्तिकै प्रायः बाटोहरुको लगत कट्टा नभएको भन्दै लगत कट्टाकै नजिरमा मात्र बाटो रोक्ने काम हुननहुने बताए । सो अवसरमा जग्गादाताहरुले समेत बाटोकै लागि जग्गादान गरेको भन्दै उक्त ठाउँमा बाटो कायम नै हुनुपर्ने माग गरेका थिए । स्थानीय प्रकाश पौडेलले पनि जनताले निकासका लागि खुलाएको बाटोमा पहिलो अधिकार जनताकै हुने दावी प्रस्तुत गरे । विपक्षीको तर्फबाट स्वाभिमान नेपाल प्रा लि का प्रतिनिधि हरि भण्डारीले जग्गाको नक्साका आधारमा खरिद गरेको तर स्थानीयलाई बाटो अवरोध गर्ने मनसाय नभएको बताए ।

यो निर्णय संगै पोखरा महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष खगराजआचार्य समेत नैतिक संकटमा परेका छन् । आवास रहेको ठाउँलाई समेत आवास नभएको जग्गा भनि वडा अध्यक्षले चार किल्ला सिफारिस दिएको स्थानीय दाताराम आचार्यको दावी छ । उक्त जग्गामा एउटा घर समेत रहेकाले घर नभएको भनि सिफारिस दिने वडा अध्यक्ष नैतिक संकटमा परेको आचार्यले बताए । तत्कालिन जिल्ला विकास समिति, गाउँ विकास समिति, स्थानीय जनचेतन माध्यमिक विद्यालय र जग्गादाताहरुको संयुक्त पहलमा २०५४ देखि उक्त बाटो सञ्चालनमा रहेको र स्थानीयले घाटसम्म शब लिएर जाने काममा समेत प्रयोग हुँदै आएको स्थानीय चक्रपाणी आचार्यले बताए । बाटो बन्द हुँदा घाटसम्म शब समेत पुर्याउन कठिन भएको उनको भनाई थियो ।

यसअघि गतअसोज ९ गते स्थानीयहरुले बाटोमा अवरोध गर्न बनाईएको पर्खाल भत्काउनका साथै बाटो प्रवेशमा लगाईएको फलामको गेट फुटाई गेट नै हटाई दिएका थिए । ७५ रोपनी क्षेत्रफल भएको उक्त जग्गा नेपाल स्वाभिमान प्रा लि, अनिता सिंह र कुशल बरालले मनकामना केबलकार प्रालिका कृष्ण कुमार श्रेष्ठ संग खरिद गरेका हुन् । खरिद गरिएको जग्गा स्वाभिमान कम्पनी भोगचलन गर्ने बताईएको छ । सोही बाटोका कारण उक्त स्थानकोे तीब्र विकास भईरहेको अवस्थामा विभिन्न सामाजिक संघ संस्थाहरु समेत त्यहा स्थापना भएका छन् । बाटो बन्द हुँदा संघ संस्थालाई मात्र नभई ४६ घरधुरीका बासिन्दाले निकास पाउन सकेका थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका