किवानिज क्लब अफ पोखराको अध्यक्षमा देवेन्द्र केसी – Samacharpati
Home | About Us | Contact | Unicode |

किवानिज क्लब अफ पोखराको अध्यक्षमा देवेन्द्र केसी

पोखरा, १५ असोज । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखराको अध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार आयोजित अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । वर्ष २०१९÷२० का लागि प्रथम उपाध्यक्षमा राजन पन्त, द्वितीय उपाध्यक्षमा स्वतन्त्र न्यौपाने, सचिवमा श्याम सुन्दर ढकाल, सहसचिवमा अशोक पौडेल र कोषाध्यक्षमा गणेशराज लामिछाने निर्वाचित भएका छन् ।

मेम्बरसिप चियरपर्सनमा ध्रुवराज तिवारी र युवराज अधिकारी, पब्लिक रिलेसन अफिसरमा बिनोद भण्डारी र होमराज भट्टराई चयन भएको अध्यक्ष केसीले जानकारी दिए । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिष्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नविन पौडेलले सय वर्ष भन्दा बढी लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिजले नेपालमा बालकालिकाको क्षेत्रमा प्रभावकारी काम गर्न सफल भएको बताए ।

नवनिर्वाचत अध्यक्ष देवेन्द्र केसीले क्लबले बालबालिकाको क्षेत्रमा रचनात्मक कार्यक्रम गर्दै कार्यकाल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘गरिब तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरी कार्यक्रम गर्नेछौं,’ उनले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित