Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • लिटिल लनर्स एकेडेमीमा दन्त शिविर

लिटिल लनर्स एकेडेमीमा दन्त शिविर

लिटिल लनर्स एकेडेमीमा दन्त शिविर

बाग्लुङ, १४ असाज ।  बाग्लुङ बसपार्क, बेसीमार्गस्थित लिटिल लनर्स मन्टेश्वरी एण्ड एकेडेमीले नेपालीहरुको महान् चाड विजयदशमी तथा शुभदिपावलीको अवसरमा दन्त शिविर कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । मन्टेस्वरीका फाउण्डर दीपु भारीले दशैँ तिहार नजिकिदै गर्दा नानीबाबुको दाँतमा समस्या देखिने गरेको बताउँदै धेरै गुलियो पदार्थ खाँदा र साँझ बिहान दाँतको सफाई नगर्दा दाँत सड्ने र समस्या उत्पन्न हुने बताउँनु भयो ।

कान्तिपुर इन्टिच्युट डेन्टल हस्पिटल न्युरोड र लिटिल लनर्सको संयुक्त सहकार्यमा शिविर आयोजना गरिएको प्रिन्सिपल रोजिना भारीले जानकारी दिनु भयो । दन्त शिविरबाट एकेडेमीमा अध्ययरत सबै विद्यार्थीहरु लाभाविन्त भएका छन् । दाँत सम्बन्धि समस्या प्रत्येक वर्ष यसरी नै देखिने गरेकाले हामीले विद्यार्थीलाई दन्त परिक्षण गराएका होैँ ।

प्रिन्सिपल भारीले भन्नुभयो, एकेडेमीले विद्यार्थीको स्वास्थ्यमा मात्र ध्यान नदिई विभिन्न रचनात्मक तथा सृजनात्मक कार्यक्रमको आयोजना समेत गर्दै आईरहेको जानकारी दिनुहँदै यस वर्ष पनि एकेडेमीले देउसी भैलो कार्यक्रम खेली सामाजिक कार्यमा सहयोग पुर्याउँने प्रतिबद्धता व्यक्त गर्नुभयो । कान्तिपुर इन्स्च्यिुट डेन्टल हस्पिटलका चिकित्सकहरुले दाँत कसरी सफा गर्ने, दाँतको सुरक्षा र दाँतलाई कस्तो प्रकारको उपचारको खाँचो भन्ने बारेमा कक्षा संचालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका