Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • नागढुङगा – नौबिसे सडकखण्डमा हट्याे जाम, ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य

नागढुङगा – नौबिसे सडकखण्डमा हट्याे जाम, ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य

नागढुङगा – नौबिसे सडकखण्डमा हट्याे जाम, ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य

काठमाण्डौ, १४  असाेज । काठमाण्डौ ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य रहेको छ । काठमाण्डौबाट बाहिरिने र भित्रिने यात्रुलाई कुनै पनि किसिमको समस्या नभएको ट्राफिक प्रहरीले जनाएको छ । र नागढुङगा – नौबिसे सडकखण्डमा पनि जाम हटेकाले काठमाण्डौबाट बाहिरिने यात्रुको संख्या बढेको छ । यद्यपि अहिले भने जाम नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

गएको २४ घण्टामा काठमाण्डौ उपत्यकाबाट १६ हजार गाडीबाट १ लाख ५७ हजार यात्रु बाहिरिएका छन् भने १० हजार गाडीबाट ६० हजार यात्रु उपत्यका भित्रिएका छन् । ट्राफिक प्रहरीले जनाए अनुसार पानी पर्ने क्रम बिस्तारै कम भएको र बाटोमा कुनै पनि अवरोध नभएकाले अब काठमाण्डौबाट बाहिरिनेको सँख्या बढ्दै जाने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका