Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • लुुम्ले नवाह ज्ञान महायज्ञमा भक्तजनहरू बढ्दै

लुुम्ले नवाह ज्ञान महायज्ञमा भक्तजनहरू बढ्दै

लुुम्ले नवाह ज्ञान महायज्ञमा भक्तजनहरू बढ्दै

अन्नपूर्ण(लुम्ले), १४ असोज। कास्कीको अन्नपूर्ण ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ । यज्ञमा आइतवारको तुलनामा सोमवार भक्तजनको बाक्लो उपस्थिती रहेकाे देखिन्थ्यो । हालसम्म करिव २ हजारले यज्ञमा सहभागिता जनाएको यज्ञका सहसंरक्षक समेत रहेका वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिएका छन । यज्ञमा लुम्लेका साथै ढिकुरपोखरी, सल्यान तथा दाङसिङवासीले पनि सहभागिता जनाउन थालेका छन्।

यज्ञ अन्र्तगत सोमवार सवैभन्दा धेरै दान गर्नेमा लुम्लेका कृष्णबहादुर गुरुङको परिवार रहेकाे छ । दान रकम रु.५० हजार पचास रहेकाे छ । त्यस्तै लुम्लेकै ओमप्रसाद देवकोटाबाट रु.२२ हजार दुई सय २५, नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति आइवहादुर गुरुङ र अन्नपूर्ण ५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर)बाट समान रु.१५ हजार १ सय लगायत अन्य थुपै दाताबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ।

सोमवार यज्ञमा काँग्रेसका नेता शुक्रराज शर्मा तथा कास्की काँग्रेसका कार्यवहाक सभापति आइबहादुर गुरुङले सम्बोधन गरेका थिए ।उनीहरुले पश्चिमी संस्कृतिको जगजगी रहेको वर्तमान अवस्थामा लुम्लेमा यज्ञको माध्ययम मार्फत महत्वपूर्ण कार्य भएको भनाई राखेका छन । यज्ञमा  शिरोमणि पं. दिपकप्रसाद पौडेलले कथा प्रवचन गरिरहेका छन् । यज्ञ यहि असोज १९ गतेसम्म चल्नेछ ।

श्रीभद्र पौडेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका