Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • काठमाडौंको कपनमा एक महिलाको हत्या आरोपमा ५ जना पक्राउ,पक्राउ परेकाहरुबाट औंठी बरामद

काठमाडौंको कपनमा एक महिलाको हत्या आरोपमा ५ जना पक्राउ,पक्राउ परेकाहरुबाट औंठी बरामद

काठमाडौंको कपनमा एक महिलाको हत्या आरोपमा ५ जना पक्राउ,पक्राउ परेकाहरुबाट औंठी बरामद

काठमाडौं, १३ असोज । कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्की  रहेका छन् ।

तिनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले हत्याको स्वीकार गरेका छन् । एक अनुसन्धान अधिकृतले भने ‘लुट्ने नै उद्देश्यले हत्या गरेको देखिन्छ, महिलासँग एउटा तिलहरी र चार वटा औंठी रहेकाे र पक्राउ परेकाहरुबाट औंठी पनि बरामद भएको छ ।’ प्रहरीले पक्राउ परेकाहरुको साथबाट ४५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

ती अनुसन्धान अधिकृतका अनुसार सुरुमा अभियुक्तहरुले महिलालाई वियरमा नशालु पदार्थ मिसाएर खुवाएका थिए । ‘तर त्यसले काम नगरेपछि मुख थुनेर हात बाँधेर र घाँटी च्यापेर हत्या गरेको देखिन्छ ’ उनले भनेका  ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका