प्याजको मूल्य अत्याधिक भएपछि प्याज निर्यातमा भारतले लगायाे प्रतिबन्ध – Samacharpati
Home | About Us | Contact | Unicode |

प्याजको मूल्य अत्याधिक भएपछि प्याज निर्यातमा भारतले लगायाे प्रतिबन्ध

काठमाडौँ, १३ असाेज । प्याजको मूल्य दिन प्रतिदिन अकासिँदै गएपछि भारतले  निर्यातमा प्रतिबन्ध लगाएको छ । आइतबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले निर्यात नीतिमा संशोधन गर्दै तत्काल लागू हुने गरी प्याजको निकासीमा रोक लगाएको हो । यस वर्ष भारतका महाराष्ट्र र कनार्टकलगायतका राज्यहरूमा प्याज उत्पादनमा कमी आएपछि मूल्य अकासिएको हो । यी दुई भारतमा सबैभन्दा बढी प्याज उत्पादन गरने राज्य हुन् । अघिल्लो वर्षको खडेरी र दुई महिनाअघि भएको अत्याधिक वर्षा र त्यसपछि आएको बाढीले यी दुवै राज्यमा प्याज खेतीमा नराम्रोसँग असर पुगेको थियो ।

यसले प्याजको माग र आपूर्तिमा असन्तुलन हुन गई मूल्य बढेको सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय भारतीय बजारमा प्याजको थोक मूल्य नै प्रतिकेजी भारु ४० भन्दा माथि पुगेको छ । खुद्रा मूल्य प्रतिकेजी भारु ७० भन्दा माथि उक्लिएको छ । भाउ बढ्दै गएपछि दुई साताअघि मात्र प्याजको मूल्य नियन्त्रण गर्न भन्दै न्यूनतम निर्यात मूल्य प्रतिटन ८५० डलर कायम गरेको थियो । त्यसले पनि प्याजको मूल्य नघटेपछि केन्द्र सरकार निकासीमै रोक लगाउने निर्णयमा पुगेको हो । आइतबार सरकारका तर्फबाट वैदेशिक व्यापार विभागका महानिर्देशकले सूचना निकाल्दै निकासीमा रोक लगाउने आदेश जारी गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित