Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • धूम्रबाराहीमा वृद्धाश्रम निर्माणका लागि छ करोड मूल्य बराबरको जग्गादान

धूम्रबाराहीमा वृद्धाश्रम निर्माणका लागि छ करोड मूल्य बराबरको जग्गादान

धूम्रबाराहीमा वृद्धाश्रम निर्माणका लागि छ करोड मूल्य बराबरको जग्गादान

काठमाडौँ, १२ असोज । काठमाडौँ महानगरपालिका–४ धूम्रबाराहीमा वृद्धाश्रम निर्माणका लागि रु छ करोड मूल्य बराबरको १२ आना दुई पैसा दुई दाम जग्गादान गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ धूम्रबाराहीले निर्माण गर्न लागेको लायन वृद्धाश्रम भवन निर्माणका लागि स्थानीयवासी बलरामप्रसाद चापागाईँले जग्गादान गर्नुभएको हो । जग्गादानसँगै वृद्धाश्रमको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । उक्त भवनका जग्गादाता चापागाईँं, काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहन विष्ट र लायन्स क्लब डिस्ट्रिक ३२५ ए २ को गभर्नर शोभा जोशीले संयुक्तरूपमा शिलान्यास गर्नुभयो । रु दुई करोड लागतमा बन्ने भवन साढे दुईतले हुने भवन निर्माण समितिका संयोजक धनराज बडालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका