समाचारपाटी, पाेखरा, ११ असाेज । ईशानेश्वर करापुटार पाेखरा सम्पर्क समाजकाे अायाेजनामा बिजयादशमी, शुभ दिपावली, छठ र नेपाल सम्वतकाे शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजले करापुटारबाट पाेखरा अाएर बसेका सबैकाे सारथीकाे रुपमा रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – “याे समाज मेराे पनि हाे भन्ने महशुस नहुदासम्म हामीले केही गर्न सक्दैनाै।”
समाज अप्ठेराे परेकाे बेला एक्लाे पन हुन नदिने समाज भएकाले समाजमा सैलाई गाेलबन्ध हुन अाग्रह गर्नुभयाे ।
कार्यक्रममा समाजका सल्लाहाकार शिव कुमार श्रेष्ठ, बिन्दुराज घिमिरे, गजराज घिमिरे लगायतले नेपालीहरुका महान चाडले समाजका सम्पुर्ण सदस्यहरुलाई शुभकामना व्यक्त गर्नुभयाे ।
साे अवसरमा समाजका सदस्यहरुले एक अावसमा शुभकामना अादानप्रदान गरेका थिए ।
समाजका अध्यक्ष छविलाल सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव प्रकाशचन्द्र घिमिरेले गर्नुभएकाे थियाे ।