Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • भू.पू. उडिसा विशेष शसस्त्रको अध्यक्षमा मानकाजी

भू.पू. उडिसा विशेष शसस्त्रको अध्यक्षमा मानकाजी

भू.पू. उडिसा विशेष शसस्त्रको अध्यक्षमा मानकाजी

पोखरा, १० असोज । कर्मयुग भूपू उडिसा विशेष शसस्त्र पुलिस कल्याणकारी संगठनको अध्यक्षमा मानकाजी गुरुङ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । असोज ६ गते बसेको विशेष साधरण सभाले अध्यक्ष सहित २१ सदस्ययीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा अर्जुनसिंह कुँवर, द्धितीय उपाध्यक्षमा गोकुल राना, सचिवमा गणेशबहादुर गुरुङ, सह–सचिवमा प्रेम राना, कोषाध्यक्षमा दिलिप श्रेष्ठ, सह–कोषाध्यक्षमा विजयकुमार श्रेष्ठ चयन हुनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा क्रमशः ज्ञानबहादुर गुरुङ, यधुराज उपाध्याय, रत्नमान गुरुङ, लिलबहादुर गुरुङ, जगतप्रसाद मास्के, टेकबहादुर थापा, सुर्यकुमार श्रेष्ठ, ओमबहादुर थापा, भक्त बहादुर थापा, राजेन्द्र थापा, चित्रबहादुर गुरुङ, शिव ढकाल, महेन्द्र रानाभाट र दुतबहादुर पुन चयन हुनभएको छ ।

अध्यक्ष मानकाजी गुरुङले नयाँ कार्यसमितिलाई सफल सोचका साथ अगाडि बढाउँने बताउँनु भयो । वि.सं. २०७३ सालमा स्थापना भएको उक्त संस्थाले भूपू उडिसा विशेष शसस्त्र पुलिसहरुबीच कल्याणकारी तथा समाजिक कामहरु गर्दै समेत आईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका