नेपाललाई अस्ट्रेलियाले राख्यो ‘उच्च जोखिम’ सूचीमा – Samacharpati
Home | About Us | Contact | Unicode |

नेपाललाई अस्ट्रेलियाले राख्यो ‘उच्च जोखिम’ सूचीमा

अस्ट्रेलिया, १०  असोज। अस्ट्रेलियाले नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययन गर्न आउने देशमध्ये उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । यसअघि मध्यमस्तरको जोखिम भएको देशमा नेपाललाई सूचीकृत गरिएको थियो । अस्ट्रेलियाको अध्यागमन विभागले सूचीमा परिवर्तन गर्दै नेपाललाई उच्च जोखिम भएको मुलुकमा राखेको हो ।

अस्ट्रेलियाले उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुको देशलाई उनीहरुको विभिन्न मापदण्डका आधारमा तहगत रुपमा तीन किसिमले छुट्याउने गर्छ । अध्यागमन विभागले गर्ने उक्त वर्गीकरणमा वर्षौंपछि नेपाल दोस्रो तहको मध्यमस्तरको जोखिम भएको देशमा सूचीकृत थियो ।

बिहीबारदेखि भने यो वर्गीकरणलाई परिवर्तन गरी तेस्रो तहको उच्च जोखिम भएको मुलुकमा झारेको हो । यो तहको वर्गीकरणमा परेका देशका विद्यार्थीलाई भिसा प्रक्रियामा अन्य दुई तहका मुलुकका विद्यार्थीको तुलनामा अप्ठ्यारो पर्ने अध्यागमन क्षेत्रका विज्ञहरुको भनाइ छ । कान्तिपुर दैनिकमा खबर रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित