दशैंका लागि आजदेखि नयाँ नोटको सटही सुरु – Samacharpati
Home | About Us | Contact | Unicode |

दशैंका लागि आजदेखि नयाँ नोटको सटही सुरु

काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गर्न लागेको छ । आज बाट सुरु भइ पैसा साट्न असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिने बताइएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ । यो पट भने थापाथलीमा भने नयाँ नोट साट्न नपाइने बताइएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ। एकजना व्यक्तिले ५, १०, २०, ५० र १ सय दरका एक÷एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित