Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • युरिका एकेडेमीद्वारा वाटर डिस्पेन्सर बितरण

युरिका एकेडेमीद्वारा वाटर डिस्पेन्सर बितरण

युरिका एकेडेमीद्वारा वाटर डिस्पेन्सर बितरण

पोखरा, ९ असोज । पोखरा महानगरपालिका वडा नं. ३३ आँपु भञ्ज्याङमा रहेकोे कालिका माविमा पोखरा ३० शिशुवामा रहेको युरिका एजुकेसन एकेडेमीले वाटर डिस्पेन्सर सहयोग गरेको छ । बुधबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रममा युरिका एजुकेशन एकेडेमीका संस्थापक अध्यक्ष शिवराव सुवेदीले कालिका माध्यामिक विद्यालयका अध्यक्ष गोपाल पुनलाई उक्त डिस्पेन्सर हस्तान्तरण गरेका हुन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुनले सरकारी स्कुल चलाउन सहयोगी हातहरुलाई स्वगात गर्नुको विकल्प नरहेको वताउँदै प्राप्त सहयोगको पुर्ण रूपमा सदुपयोग गरिने वताएका छन् । शिवराज सुबेदीले सहयोगको सुरुवात मात्रै हो, विद्यार्थी तथा शिक्षकहरुलाई जाडो मौसममा तातोपानीको समस्या नहोस् भनेर नै वाटर डिस्पेन्सर वितरण गरिएको र यो सहयोगको सुरुवात भएको पनि वताएका छन् ।

शिक्षक अभिभावक संघका अध्यक्ष गंगाबहादुर गुरुङले विद्यालयमा सुधार गर्नुपर्ने धेरै कुरा भएको वताउँदै पहिला आफु राम्रो हुनुपर्छ त्यस पछि अरुलाइ राम्रो बनाउन सकिन्छ भन्ने कुरा वताएका थिए। विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद पोख्रेलले सरकारी विद्यालयमा विद्यार्थीहरुलाई समय सापेक्ष सुविधा उपलब्ध गराउँन नसक्दा विभिन्न दाताहरुको मुख ताक्नु पर्ने वाध्यता रहेको वताएका थिए ।

उनले पोखरा रामबजार निवासी सबिता प्रधानाङ्गले नगद १५ हजार र विद्यार्थीहरुलाई कसरी पढाइमा अब्बल हुने भन्ने विषयमा प्रशिक्षण दिने वताएका थिए । सो अवसरमा युवा व्यवसायी पुष्पराज पौडेलले सहयोगको दायारा फराकिलो पार्दै जाने वताए । कार्यक्रमको संचालन शिक्षक कृष्ण पाण्डेले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका