Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • मनाङमा सवारी दुर्घटना १ जनाको मृत्यु

मनाङमा सवारी दुर्घटना १ जनाको मृत्यु

मनाङमा सवारी दुर्घटना १ जनाको मृत्यु

मनाङ, ७ असोज । ङिस्याङ गाउँपालिका-२ घ्यारु स्थित कच्ची भित्री सडकमा घ्यारूबाट चामेतर्फ आउँदै गरेको ग१ज ७२७८ नं.को जीप सडकबाट अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना हुँदा जीप चालक जिल्ला मकवानपुर हेटौडा बस्ने वर्ष २२ को दाबादोर्जे स्याङताङको घटनास्थलमा नै मृत्यु भएको छ । उक्त  खबर प्राप्त हुनासाथ प्रहरी टोली खकटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङ स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ५६१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टिदा मोटरसाईकलको पछाडी सवार सोही गाउँपालिका-६ खहरे बस्ने वर्ष ५ की सोफिका गुरुङ घाईते भएकि छन् घाईतेलाई  उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको छ घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका