Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • कास्कीमा पौडि खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु, स्याङजामा मृत अवस्थामा एक मानिस फेला

कास्कीमा पौडि खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु, स्याङजामा मृत अवस्थामा एक मानिस फेला

कास्कीमा पौडि खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु, स्याङजामा  मृत अवस्थामा एक मानिस फेला

पोखरा, ७ असोज । पोखरा महानगरपालिका-२२ खाल्सेचिसापानी स्थित रहेको फुस्रे खोलाको रहमा पौडी खेल्ने क्रममा२ जना महिला डुबी बेपत्ता भएको छन् उक्त  खबर प्रहरीलाई प्राप्त हुनासाथ नेपाल प्रहरीको उद्दार टोली समेत खटिई एक जनाको जिवितै उद्दार गर्न सफल भएको छ भने एक जना मृत अवस्थामा फेला परेकी छिन् । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी वर्ष २५ कि अनु भण्डारी रहेकी छिन् । अर्की सोही जिल्ला कै पनौती नगरपालिका घर हुने वर्ष २५ कि भावना बस्नेतलाई भने प्रहरीले घाईते अवस्थामा उद्दार गरी उपचारको लागि नमस्ते अस्पताल विरौटा पोखरा पठाईएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान पनि गरिरहेको छ ।

वालिङ नगरपालिका-८ शितलनगर स्थित डेरा गरी बस्नेस्वरेक कालिका मोटरसाईकल वर्कसपमा काम गर्ने जिल्ला पर्वत सिम्ले गाउँपालिका-४ बस्ने वर्ष २७ को भरत नेपाली आफ्नै कोठाको बेडमा मृत अवस्थामा रहेको भन्ने खबर प्रहरीलाई प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मध्यबिन्दु नगरपालिका-७ चालिस किलो स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व (सुर्खेत बाट बिरगंज) जाँदै गरेको ना४ख ९५१० नंम्बरको बस अचानक अनियन्त्रीत भई सडकमा पल्टिदा उक्त बसमा सवार ७ जना घाईते भएका छन्  घाईतेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको, उक्त स्थातनमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

 

मिति २०७६।०६।०७गते ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका