Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ

वीरगञ्ज, ७ असोज । वीरगञ्जबाट सशस्त्र प्रहरीले १ लाख ३० हजार भारुसहित एक जना भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम चम्पारण बेतिया मझौलिया थाना-३ छौरहियाका ३६ वर्षीय रबिन्द्र यादव रहेका छन् ।

राजश्व तथा भन्सार गस्ती सुरक्षा पर्साको टोलीले उनलाई मंगलबार विहान वीरगञ्ज १६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । शरीरमा लुकाएर अवैध रुपमा भारतीय रुपैयाँ लिएर नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा क्लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिएका छन् ।

उनको साथबाट सशस्त्र प्रहरीले २ हजार दरका ३० थान र ५ सय दरका १४० थान बरामद गरेको थियो । बरामद गरिएको रकमसहित यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुशन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । भक्तपुर बस्ने भारत बेतियाका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दासलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बा१ज ७४९१ नम्बरको बीरगञ्ज-काठमाडौं चल्ने जीपमा सवार प्रमेन्द्रलाई ५०० दरका दुईसय थान र हर्मेन्द्रबाट ५०० दरका एकसय थान गरी एक लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका