Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • वडा नं. २७ मा डेङ्गु सचेतना कार्यक्रम

वडा नं. २७ मा डेङ्गु सचेतना कार्यक्रम

वडा नं. २७ मा डेङ्गु सचेतना कार्यक्रम

लेखनाथ, ७ असोज । पोखरा महानगरपालिका वडा नं. २७ को आयोजना तथा वडामा सकृय टोलविकाश संस्था, आमा समुह, यूवा क्लव तथा स्थानिय समुदायको सहभागितामा डेङ्गु सम्बन्धित सचेतना तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङले आफ्नो घर टोल वरपर आफैले सरसफाई गर्न सक्यको खण्डमा कुनै पनि रोगको शिकार हुनु नपर्ने वताएका थिए ।

श्री लक्ष्मी आर्दश वाट शुरु भएको सचेतना मुलक र्याली कार्यक्रम डाडाको नाक, शति फाँट, शिरोमणि मार्गमा रहेका घरहरुमा डेङ्गु रोक के कारणले लाग्छ र कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी दिएको श्री लक्ष्मी आदर्श टोल विकाश संस्थाका अध्यक्ष राजु अधिकारीले जानकारी दिएका छन् । इस किसिमको कार्यक्रमले स्थानियका जनचेतनाको विकाश गर्नमा महत्व पूर्ण भुमिका निर्वाह गर्ने हुदाँ यसकिसिमको कार्यक्रममा सम्पूर्णको साथ रहनु पर्ने कवि शिरोमणि आमा समुहकी अध्यक्ष हरिमाया जिसी ले बताएकी छ्न् ।

सुमन जिसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका