Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • माछापुच्छे गुराँसे भुमे युवा क्लबको आयोजनामा दशै उत्सव हुने

माछापुच्छे गुराँसे भुमे युवा क्लबको आयोजनामा दशै उत्सव हुने

माछापुच्छे गुराँसे भुमे युवा क्लबको आयोजनामा दशै उत्सव हुने

हेमजा, ६  असोज । माछापुच्छे गुराँसे भुमे युवा क्लब माछापुच्छे १ टुसेको आयोजनामा २६ औ माछापुच्छे दशै उत्सव २०७६ हुने भएको छ । उत्सव यहि असोज १२ गते देदि १५ गतेसम्म माछापुच्छे गुराँसे भुमे युवा क्लबको प्राङ्गणमा हुनेछ । माछापुच्छे गाउँको स्वभिमान, पर्यटन प्रबर्दन सास्कृति  चिनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

स्थानिय रितिरिवाज, सस्कृति जगेर्ना गर्ने, बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमद्वारा युवालाइ बिकासको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा टेवा पराउनुको साथै होमस्टे  प्रधान’ गर्ने उद्शयकासाथ  उत्सव आयोजना गरिएको हो । उत्सवको आकषणको रुपमा आमन्त्रित  गाउँस्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, भेन्ट्रान्स भलिबल, छेलो हान्ने प्रतियोतिा, माछापुच्छे सास्कृति साँझ हुने छ । साथमा स्थानिय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती पनि रहनेछ । उत्सव सफल पार्न ३ लाख ८७ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

गोबिन्द तिमिल्सिना

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका