Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • कास्कीकोट दरवार(गुप्तकालीका मन्दीर) पुनः निमार्ण सुरु

कास्कीकोट दरवार(गुप्तकालीका मन्दीर) पुनः निमार्ण सुरु

कास्कीकोट दरवार(गुप्तकालीका मन्दीर) पुनः निमार्ण सुरु

पोखरा, ५ असोज । पोखरा महानगरपालीका २४,कास्कीकोटमा रहेको तत्कालीन कास्की राज्यको दरवार तथा गुप्तकाली मन्दीर पुनः निमार्ण कार्य सुरु भएको छ । २०७२ साल वैशाख १२ गते मन्दीरमा भुकम्पले क्षती पुगेकोल थियो । कास्की दरवार पुरात्तत्व विभागको करीव २ करोड ६५ लाखमा दरवार र मन्दीरको पुनः निमार्ण गर्न लागेको विभागका इनजीनीयर नविन पाण्डेले जानकारी दिएका छन् ।

दरवारको पुनःनिमार्णमा चुना,सुर्कीको प्रयोग गरी निमार्ण कार्य भैरहको छ । अहिले दरवार शिखरी र पेगौडा शैलीमा निमार्ण कार्य भैरहेको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका अध्यक्षय दिलिप विक्रम शाहीले वताए । अहिले मन्दीर भत्काउने काम भैरहेको गुप्तकालीका मन्दीरमा दशैमा हुने नवदुर्गा पुजा भने निरन्तर रुपमा अगाडी वढाइने गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले वताएका छन् ।

उनले भने – परापुर्वकाल देखिनै चल्दै आएको गुप्तकालीकाको पुजा तान्त्रीक एवम् वैदिक तरीका वाट यहाँ हुदै आइरहेको छ , नव दुर्गामा द सत्रौ शताव्दीका हात हतियारहरुको समेत प्रर्दशनी र फुलपातीको दिनमा पोखराको रामघाट वाट ल्याइने फुलपत्र सहितको डोली मन्दीरमा प्रवेश गराइने छ ” । कास्कीकोट गुप्तकालीका मन्दीरमा वर्षेनी हजारौ दर्शानार्थीहरुको भिड लाग्ने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका