लमजुङमा एक व्यक्ति मृत अवस्थामा फेला, लडेर एक व्यक्ति घाईते – Samacharpati
Home | About Us | Contact | Unicode |

लमजुङमा एक व्यक्ति मृत अवस्थामा फेला, लडेर एक व्यक्ति घाईते

लमजुङ, ३ असोज । लमजुङको दोर्दी गाउँपालिका-२ लामिडाडा बस्ने वर्ष ४५ को बिर्ता गुरुङ मिति २०७६/०६/०२ गते दोर्दी गाउँपालिका-४ सेरा स्थित रहेको जनता बैङकमा सुरक्षा गार्ड डियुटी गरी फर्केका थिए ।  अहिलेसम्म पनि किन घरमा नआएको भनी आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा आज मिति २०७६/०६/०३ गते अंन्दाजी ०७:००बजेको समयमा दोर्दी गाउँपालिका-४ माझिखोलाको भिरबाट लडेकोले अंन्दाजी १०० मिटर तल खोलामा मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनसाथ तत्कलै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मर्स्याङदि गाउँपालिका-६ ङादी स्थित ङादी हाईड्रो पावरमा काम गर्ने चाईनिज नागरिक वर्ष ३५ को MR. Huang Zhizhonjसोही हाईड्रो पावरमा काम गर्ने क्रममा माथिबाट चिप्लिएर लडि घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई बुझ्दा निजलाई उपचारको लागि पोखरा पठाईएको पत्ता लाग्यो घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित