चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आज बाट रिलिज, प्रिमियरमा बटुल्यो राम्रो तारिफ – Samacharpati
Home | About Us | Contact | Unicode |

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आज बाट रिलिज, प्रिमियरमा बटुल्यो राम्रो तारिफ

काठमाडौँ, ३ असोज  । आज बाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को हिजो राजधानी स्थित जय नेपाल हलमा भव्य प्रिमियर भएको छ। रामबाबु गुरुङ्ग निर्देशित चलचित्रको तेश्रो सिक्वेलले प्रिमियरमा राम्रो तारिफ बटुलेको छ। बिशेष गरि चलचित्रमा मुख्य भूमिकामा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीले राम्रो तारिफ पाएकी छिन्।

राजधानीमा आयोजित भव्य प्रिमियरमा सेलिब्रेटीको राम्रो उपस्थिति रहेको थियो। सिताराम कट्टेल, कुञ्जना घिमिरे, अशोक शर्मा, माधव वाग्ले, दिपाश्री निरौला, बर्षा राउत, एलिशा राई, सन्जोग कोईराला, सृजना सुव्वा लगायतका कलाकरको उपस्थिति रहेको थियो। प्रिमियरमा उपस्थित अधिकांशले चलचित्रको खुलेर तारिफ गरेका छन्।

चलचित्रमा दयाहाँगा राइ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले राम्रो ओपनिङ्ग गर्न सफल भएको छ। मल्टिप्लेक्समा राम्रो शोज पाएको चलचित्रको इनिशियल व्यापार राम्रो गर्ने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित