शुक्रबार विविध कार्यक्रम गरेर संविधान दिवस मनाउदै, – Samacharpati
Home | About Us | Contact | Unicode |

शुक्रबार विविध कार्यक्रम गरेर संविधान दिवस मनाउदै,

पोखरा, ३ असोज संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपुर्ण भलिवलको उपाधि राष्ट्र सेवक कर्मचारीको समुहले जित हात पारेको छ । विहिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद संघलाई पराजित गर्दै राष्ट्र सेवक कर्मचारी समुह विजयी भएको थियो । राष्ट्रसेवक कर्मचारी समुहको नेतृत्वले प्रमुख सचिव हरिप्रसाद बस्याल गरेका थिए भने खेलकुद संघको नेतृत्व राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले गरेका थिए ।

पहिलो सेट आफ्नो पक्षमा पारेको खेलकुद संघ पछिल्लो ३ सेटमा पराजित हुन पुग्यो । खेलकुद संघ उद्योग बाणिज्य संघका समुहलाई पराजित गर्दै फाइनल पुगेको थियो भने कर्मचारी समुहले मुख्यमन्त्री टिम तथा पत्रकारको टिमलाई पराजित गर्दै फाइनल पुगेको थियो । विजयी खेलाडी तथा सहभागी खेलाडीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरुस्कार वितरण गरेका थिए ।

संविधान जारी भएको अवसर पारेर असोज ३ गते शुक्रबार प्रदेश सरकारले विविध कार्यक्रम गरेको संविधान दिवस धुमधामसंग मनाउदैछ । विहान प्रदेशको नेतृत्वमा र्याली आयोजना गरिनेछ । सहिद चोकबाट सुरु हुने र्याली पोखरामा सभागृहमा मुल समारोह समितिमा परिणत हुने कार्यक्रम छ । शुक्रबार दिउसो प्रदेश सरकारकै आयोजनामा संविधानको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना हुदैछ । पुर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ, संविधानविद विपिन अधिकारी लगायतका वक्ताहरु कार्यक्रमका लागि पोखरा आउने कार्यक्रम छ । मैत्रीपुर्ण भलिवल समापन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशले संविधान दिवसमा विभिन्न कार्यक्रम गरी मनाउने बताएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित