Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • पोखरा ट्रेड मल दशै तिहार उत्सव २०७६

पोखरा ट्रेड मल दशै तिहार उत्सव २०७६

पोखरा ट्रेड मल दशै तिहार उत्सव २०७६

पोखरा, २ असोज । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित यस पोखरा ट्रेड मल पोखरामै विभिन्न पेसा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरुको सामूहिक लगानीको व्यापारिक भवन हो । घरायसी र अन्य सामान किन्न बजारका विभिन्न स्थानमा भौतारिनु पर्ने अवस्थालाई अन्त्य गर्ने हेतुले पोखरा ट्रेड मल सञ्चालनमा ल्याइएको हो । व्यवसायमा नाफा मात्रै जोडिँदैन, सेवाको भावना पनि जोडिएको हुन्छ । व्यस्त जीवनशैली र आधुनिक सहरको आवश्यकताको पर्यायको रुपमा टेड मललाई स्थापित गराउनु  ध्येय हो । समयानुकुल ग्राहकका आवश्यकता पूरा गर्नु गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउनु अर्को विशेषता हो ।

२०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको र नुनदेखि सुनसम्मका सामान एकै छानोमुनि पाइने भएकाले धेरै ग्राहकको मन जित्न समेत सफल भइसकेको छ । पोखरा ट्रेड मल समग्र गण्डकी प्रदेशको शानको रुपमा रहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा आफैमा पर्यटकीय नगरी जसमा पोखरा ट्रेड मलले आफ्नो पहिचान स्थापित गरेको छ । मलमा आउने ग्राहकहरुलाई मध्यनजर गरि मल व्यवस्थापन साथै ब्यवसायीहरु मिली विभिन्न अवसर पारी ग्राहकमुखि कार्यक्रमहरु सञ्चालन गर्ने गरेको  जानकारी भएकै विषय हो । मलको औपचारिक शुभारम्भ देखिनै विभिन्न चाड पर्व तथा नयाँ वर्षको अवसर पारी विभिन्न ग्राहक लक्षित कार्यक्रम संचालन गर्दै आइरहेको छ । मलले संचालन गर्ने यस्ता कार्यक्रमहरुमा उपहार मात्र नभै मलमा आउने ग्राहकका लागि कार्यक्रमका अवसरमा गरिने विभिन्न खाले मनोरन्जनका कार्यक्रमले पनी ग्राहकको मन जितेको छ ।

विगतका यिनै सफलताका साथै ग्राहकको चाहाना बमोजिम मलमा आउने ग्राहकले विभिन्न अवसरहरु मनाउने थलोको रुपमा मललाई चिनाउन पनि मलभित्र बिभिन्न कार्यक्रमहरुको आयोजना भइरहेको छ । यसैको निरन्तरता स्वरुप नजिकिदै गरेको महान चाड दशै, तिहार र छठ पर्वहरुको अवसरमा मलले दशै तिहार उत्सव २०७६ कार्यक्रमको घोषणा गर्न पाउँदा मलका ब्यबसायीहरु  अन्यन्त खुसी भएका छन । यस योजना अन्तरगत बम्पर उपहारको रुपमा यामाहाको एफ.जेट.एस १५० सि.सि. मोटरसाईकलको साथमा ५ जनालाई डोको भरी उपहार रहेको छ । हरेक १५ दिनमा पाक्षिक उपहारका रुपमा ज्याकपट उपहार रु ५० हजार १ जनालाई साथै थप दुई जनालाई डोको भरी उपहार प्रदान गरिनेछ । योजना अबधीभर ४ जनालाई रु ५० हजार साथै अन्य ग्राहकको लागि लाखौ रुपैया बराबरको नगद तथा सपिङ्ग भौचरको उपहार व्यवस्था गरेको छ ।

उपहार योजनामा सहभागी हुनको लागि मलमा सपिङ्ग गर्ने ग्राहकले न्यूनतम रु ५०० को सामान खरिद गरे पुग्छ । रु ५०० मा १ वटा कुपन तथा रु २००० को खरिदमा ३ वटा कुपन र रु ५००० को खरिदमा ग्राहकले १० वटा कुपन प्राप्त गर्न सक्नेछन् । उक्त १० वटा कुपनहरु मल भित्र रहेको काउण्टरमा जम्मा गरेपछि १ वटा ज्याकपट कुपन प्राप्त गर्न सकिन्छ । उक्त ज्याकपट कुपन काउण्टरमा रहेको बाकसमा जम्मा गर्नुपर्ने छ, १५ दिन सम्ममा जम्मा भएका ज्याकपट कुपनहरु मध्येबाट १ जनालाई रु ५० हजार सम्मकोे नगद तथा सपिङ भौचरको उपहार साथै २ जना भाग्यशाली ग्राहक माहानुभाबहरुलाई डोको भरी उपहार प्रदान गरिने छ । यो क्रम कार्यक्रम अबधीभर रहने छ । यो योजना २०७६ आश्विन ५ गते देखि २०७६ मंसिर ४ गते सम्म सञ्चालन हुनेछ भने कार्यक्रमको औपचारिक अन्त्य २०७६ मंसिर ८ गते बम्पर उपहार विजेता छनौटसँगै हुनेछ ।

अध्यक्ष
नवराज त्रिपाठी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका