Samacharpati
बुधबार, माघ ८, २०७६
  • होमपेज
  • प्रहरी कार्यालय पोखराको संयोजनमा मैत्रीपूर्ण भलिवल खेल प्रतियोगिताको शुभारम्भ

प्रहरी कार्यालय पोखराको संयोजनमा मैत्रीपूर्ण भलिवल खेल प्रतियोगिताको शुभारम्भ

प्रहरी कार्यालय पोखराको संयोजनमा मैत्रीपूर्ण भलिवल खेल प्रतियोगिताको शुभारम्भ

पोखरा, २ असोज । संविधान दिवश २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा यही असोज-०१ गते देखी मैत्रीपूर्ण भलिवल खेल प्रतियोगिताको शुभारम्भ भएको छ । सँविधान दिवशलाई थप रचनात्मक एवम् प्रभावकारी ढंगले मनाउने उदेश्यले विविध कार्यक्रमहरुसंगै उक्त प्रतियोगिताको समेत आयोजना गरिएको हो ।

गण्डकी प्रदेश सरकारका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रमुख निर्णायक (रेफ्री) लाई बल हस्तान्तरण गरि आजको खेलको उद्घाय‌टन गर्नुभएको थियो । उक्त खेलमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी ५ टिम सहभागि रहेका छन्  हिजोको खेलमा राष्ट्र सेवक कर्मचारी तथा पश्चिमाञ्चल खेलकुद विकास सिमितिको टिमले आफ्नो फाईनल यात्रा तय गरेका छन् । फाईनल खेल आज बिहान ८:०० बजे गण्डकी प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय ड्यारमसाईड पोखराको खेल मैदानमा हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका