नवलपरासीमा खोलाले बगाई ७० बर्षीय लाल बहादुरको मृत्यु,तनहुँमा सवारी दुर्घट्ना – Samacharpati
Home | About Us | Contact | Unicode |

नवलपरासीमा खोलाले बगाई ७० बर्षीय लाल बहादुरको मृत्यु,तनहुँमा सवारी दुर्घट्ना

नवलपरासी, ३१ भदौ । विनयी त्रिवेणी गाउँपालिका-४ घुमाउरे बस्ने वर्ष अंन्दाजि ७० को लाल बहादुर राकसकोटीलाई सोहि स्थानस्थित रहेको विनयी खोला तर्ने क्रममा बगाएको छ  उक्त खबर प्रहरीलाई प्राप्त हुनसाथ प्रहरी टोलि खटिई प्रहरीले खोजतलास गर्दै जाने क्रममा विनयी त्रिवेणी गाउँपालिका-१ स्थित खोलाको पानीमा निजको शव फेला परेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खैरेनीटार स्थित पृथ्वी राजमार्ग पोखराबाट दमौली तर्फ जाँदै गरेको ग ११ प २०२५ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ग १ ख ३६७६ नंम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक बन्दीपुर गाउँपालिका २ बस्ने वर्ष ३९ को बुद्दीमान गुरुङ घाईते  भएका छन् ।  घाईते बुद्दीमान गुरुङ लाई उपचारको लागि पोखरा पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित