Samacharpati
शनिबार, मंसिर २८, २०७६
  • होमपेज
  • लिटिल लनर्स मन्टेश्वरी एण्ड एकेडेमीले बाल दिवस मनायो

लिटिल लनर्स मन्टेश्वरी एण्ड एकेडेमीले बाल दिवस मनायो

लिटिल लनर्स मन्टेश्वरी एण्ड एकेडेमीले बाल दिवस मनायो

पोखरा, ३१ भदौ । भदौ २९ गते बाल दिवसको अवसर पारेर पोखरा नयाँ बसपार्क, बेसीमार्गस्थित लिटिल लनर्स मन्टेश्वरी एण्ड एकेडेमीले अंग्रेजी हिज्जे प्रतियोगिता सोमबार सम्पन्न गरेको छ । २ दिन संचालन भएको प्रतियोगिता अन्तर सदन प्राथमिक तहका विद्यार्थीहरु बीच भएको एकेडेमीका फाउण्डर दिपु भारीले बताउँनु भयो । प्रतियोगिता ४ सदनका बीच भएको थियो । २० प्रतियोगीले सहभागिता जनाएको अंग्रेजी हिज्जे प्रतियोगितामा माग्नोलिया सदनले प्रथम स्थान हासिल गरेको छ ।

माग्नोलिया सदनमा अतिथि पुन, आत्मिक भारी, इजन श्रेष्ठ, आरिस्का पुन तथा संस्कार अधिकारीले भाग लिनुभएको थियो । त्यसैगरि हाइस्थित सदन प्रतियोगितामा द्धितीय हुन सफल भयो । सदनमा कृतिका सेन्चुरी, जेनिरा श्रेष्ठ, देवयानी पराजुली, शुसान्त भट्टराई र अलिसा परियार सहभागी रहनु भएको थियो भने तृतीय स्थान हासिल गर्ने लिसिन्थस सदनमा मिगिना सेन्चुरी, यूकिना भारी, एन्जल दाहाल, सूर्यचन्द्र पुन तथा आयष्ना कार्की सहभागी हुनुभएको थियो ।

प्रतियोगिताको विजयी टीमलाई फाउण्डर दिपु भारी, प्रिसिन्पल रोजिना भारी, शिक्षिका कृपा थापा लगायतले एकेडेमीका तर्फबाट मायाको चिनो वितरण गरिएको हो । बाल दिवसलाई थप मनोरंजन तुल्याउँन विद्यालयका शिक्षिकाहरुले नृत्य समेत प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रिन्सिपल रोजिना भारीले विभिन्न प्रतियोगिताले विद्यार्थीको मनोबल बढ्ने, स्मरण क्षमता बढ्ने जस्ता कुरामा सहयोग पुग्ने बताउँनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका