Samacharpati
मंगलबार, माघ १४, २०७६
  • होमपेज
  • टेवलटेनिस च्याम्पियनसिपमा तुर्किस्तानमाथि नेपालको जित

टेवलटेनिस च्याम्पियनसिपमा तुर्किस्तानमाथि नेपालको जित

टेवलटेनिस च्याम्पियनसिपमा तुर्किस्तानमाथि नेपालको जित

काठमाडौँ, ३० भदौ । मित्र राष्ट्र ईन्डोनेसियाको योकर्ता सहरमा जारी २४ औं एशियन टेवलटेनिस च्याम्पियनसिपमा नेपाली पुरुष टिमले एक जित निकालेको छ ।

योकर्ता बाट टिम ब्यवस्थापक तथा प्रशिक्षक धर्ममान बज्राचार्यले जनाए अनुसार नेपाली टिमले तुर्किस्तानमाथि ३ / १ को जित निकालेको हो । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसंग ३ / ० ले पराजित भएको छ ।

यस्तै महिला टिम ईभेन्ट्समा पनि नेपाल पराजित भएको छ । नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवालको टोली मकाउ र ईरान संग ३ / ० लेनै पराजित भएको प्रशिक्षक बज्राचार्यले जानकारी गराए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका