Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध !

ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध !

ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध !

काठमाडौँ, ३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा प्रतिवन्ध लगाएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले आइतबार एक विज्ञप्ति जारी गरि आफूलाई भ्रष्ट्राचार विरुद्धको अभियन्ता बताउदै आएका शाहीलाई कास्कीमा प्रवेश निषेधको घोषणा गरेको हो ।

शनिबार कैलालीको सदरमुकाम टिकापुरमा आयोजित डलफीन महोत्सबको कार्यक्रमबाट राजधानी फर्किने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईमाथि जाइलागेका शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुई पक्षबीच विवाद हुँदा केहि युवाहरु शाहीमाथि खनिएका थिए ।

आज केही बेभि उनी हिरासतबाट छुटिसकेका छन् । मन्त्री भट्टराईले शनिबारनै सामाजिक संजालमार्फत बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमाडौँ फर्कने क्रममा केहि ढिला हुन गएको सत्य भएको बताएका थिए तर घन्टौं  पर्खाएको          भन्दै आफ्ना विरुद्ध नियोजित रुपमा उत्रिने केही व्यक्तिका कारण आफ्नो बदनाम भएको उनले बताए ।

source:osnepal

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका