Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक

प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक

प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक

स्कटल्याण्ड, ३० भदौ। चर्चित गायक प्रमोद खरेलको सुमुधुर गीत ‘राम्री हुनुमा पनि’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। ”राम्री हुनुमा पनि” बोलको गीतको शब्द संगीत चर्चित गायक संगीतकार बिष्णु खत्रीको रहेको छ। बिदेशमा बसेर पनि नेपाली गीत संगीत को विकासको लागि लागिपरेका हाल स्कटल्याण्ड बस्ने कलाकार सागर खत्रीले उक्त म्युजिक भिडियो निर्माण गरेका हुन् । प्रेमिकाको सुन्दरताको बयान गरिएको उक्त गीत मा ‘राम्री हुनुमा पनि एउटा हद हुन्छ , तिम्रो सुन्दरताको बयान नगर्ने यो धर्तिमा कुन छ ‘ भन्ने भाव ब्यक्त गरिएको छ। उक्त म्युजिक भिडियोमा सागर खत्री र रोशना कार्कीको अभिनय रहेको छ भने सिनेमाटोग्राफी फ़ोस्टास टालाकाको रहेको छ। रो प्रोडक्सन युकेको सहकार्यमा निर्माण भएको उक्त म्युजिक भिडियोको निर्देशन दिपेश रेग्मीको रहेको छ। कलाकार सागर खत्रीको युट्युब च्यानल बाट रिलिज गरिएको म्युजिक भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका