निर्वाचन कार्यालय कास्कीद्धारा राजनीतिक दलसँगको छलफल र सहायक नाम दर्ता, अभिमुखीकरण कार्यक्रम सम्पन्न – Samacharpati
Home | About Us | Contact | Unicode |

निर्वाचन कार्यालय कास्कीद्धारा राजनीतिक दलसँगको छलफल र सहायक नाम दर्ता, अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, २९ भदौ । जिल्ला निर्वाचन कार्यालय, कास्कीले यही भाद्र २७ गते शुक्रबारका दिन कास्की जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न ८ राजनीतिक दलका प्रतिनिधिहरु सँगको छलफल कार्यक्रममा उप निर्वाचन हुने वडाका मतदाताहरु, मतदान स्थल र मतदाता नामावली अद्यावधिक कार्यक्रमका बारेमा छलफल गरिएको थियो ।

त्यसैगरी कार्यालयले भाद्र २९ गते गते आइतबारका दिन मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम २०७६ संचालनका लागि सहायक नाम दर्ता अधिकारी (वडा सचिव) हरुको १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अनुसार असोज १ गते वडा कार्यालयहरुमा नामावली प्रकाशन हुने, असोज २ देखी ५ गते सम्म नामावलीमा रहेको त्रुटि सच्चाउने, दोहोरो वा मृत्युभएको नामावली हटाउको लागि निवदेन दिन सकिने, असोज ६ गते देखी ७ गते सम्म निवेदन उपर जाँचबुझ गरी अद्यावधिक गर्ने र सो को सूचना ८ गते कार्यालयमा टाँस गरी अद्यावधिक गर्ने कार्यक्रम रहेको छ ।

यसरी अद्यावधिक गरिएको मतदाता नामावली प्रकाशन गरी उक्त विवरण असोज १० गते सम्म जिल्ला निर्वाचन कार्यालय, कास्कीमा बुुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । कार्यक्रम संचालनको लागि स्थानीय तहका वडा अध्यक्ष वा अध्यक्षको जिम्मेवारी तोकिएको वडा सदस्य संयोजक रहने गरी एक वडा स्तरीय सहयोग, समन्वय तथा प्रचारप्रसार समिति रहने समेत सुवेदीले जानकारी दिए । त्यसैगरी कास्की जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्र्तगत पोखरा महानगरपालिकाका ११ वटा वडा, ३२ वटा मतदान स्थल र अद्यावधिक गर्नुपुर्वको कुल मतदाता ७२ हजार २ सय ७८ रहेको सूचना अधिकारी रुद्र न्यौपानेले बताएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित