राष्ट्रिय चलचित्र कन्फरेन्सको दोस्रो दिन सम्पन्न – Samacharpati
Home | About Us | Contact | Unicode |

राष्ट्रिय चलचित्र कन्फरेन्सको दोस्रो दिन सम्पन्न

काठमाडौँ, २९ भदौ । वरिष्ठ चलचित्रकर्मी एवं कलाकार नीर शाहले नेपाली सिनेमामा प्राज्ञिक व्यक्तिहरूको खडेरी रहेको बताएका छन् । राजधानीमा चलिरहेको राष्ट्रिय चलचित्र कन्फेरेन्समा आफ्नो चलचित्र–अनुभव प्रस्तुत गर्दै उनले सिनेमामा अध्ययनशील मानिसको खाँचो रहेकोमा जोड दिएका हुन् । कन्फेरेन्सको दोस्रो दिनको अन्तिम सेसनमा बोल्दै शाहले आफ्नो पाँच दशक लामो चलचित्र अनुभव दर्शक श्रोतालाई बाँडेका थिए । शाहले तत्कालीन शाही नेपाली चलचित्र संस्थानले निर्माण गरेको चलचित्रमा नेपाली पटकथाकार नहुनाले पारेको असरको चर्चा गर्दै नेपाली चलचित्र राष्ट्रियकरण गर्न सके मात्रै अन्तराष्ट्रिय करण हुने बताए । ‘नेपाली सिनेमा निमार्णको सुरूवाती चरणमा नेपालभित्रै स्वनामधन्य साहित्यकारहरू भएपनि उनीहरू सिनेमासँग प्रत्यक्ष संलग्न नहुनु दुखद कुरा हो’, शाहले भने ।

त्यस्तै ‘राजनीतिको आँखामा चलचित्र भन्ने प्यानल छलफल’ मा नेकपाका नेता ठाकुर गैरे, नेपाली  कांग्रेस नेतृ डा.डिला संग्रौला, राजपाका महासचिव केशव झा र पत्रकार अरुणदेव जोशी सहभागी थिए । उक्त छलफलमा राजनीतिक विषयका चलचित्र, छलफलमा सेन्सर र राजनीतिक दलका घोषणापत्रमा चलचित्रलाई नसमेटिएको विषयको मुद्दा पनि उठेका थिए । पत्रकार तथा लेखक नारायण वाग्लेको अध्यक्षता रहेको दोस्रो सेसनमा ‘अनुभवको आलोकमा नेपालमा सिनेमा शिक्षा’ बारे चलचित्रकर्मीले नवनिधि दाहालले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालमा चलचित्र सम्बन्धी नितिको विषयमा पूनरावोलकनमा समिक्षक अनुप सुवेदीले आफ्नो भनाई व्यक्त गरेका थिए । नेपाली फिल्मको मार्केटबारे फिल्मकर्मी सरोज सापकोटा आफ्नो अनुभव सुनाएका थिए । कन्फरेन्स शनिबार समापन हुदैछ । चौथो सेसनको अध्यक्षता समाजशस्त्री डम्बर चेमजोङले गर्नेछन् भने कार्यपत्र प्रस्तुतीमा पुजा सिंह राजवंशी, भास्कर गौतम, बल बहादुर थापा, सचिन घिमिरे, दिपक तोलाङ्गे, गौरव केसी छन् भने नेपाली सिनेममा महिलाको ‘स्पेस’ प्यानल छलफलमा दीपा बस्नेत, सम्झना उप्रेती रौनियार, सुरक्षा पन्त सहाभागी हुनेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित