Samacharpati
साेमबार, माघ १३, २०७६
  • होमपेज
  • टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा जयगाउँ होमस्टेमा

टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा जयगाउँ होमस्टेमा

टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा जयगाउँ होमस्टेमा

पोखरा, २७ भदौ । हरेक वर्ष होम स्टेमा आफ्ना विभिन्न कार्यक्रम गर्दै आएको टुरिष्ट बुक सप एशोसिएसन पोखराको १६ औं साधारणसभा तथा होमस्टे कार्यक्रम कास्की र पर्वतको सिमाना मोदी गाउँपालिका अन्तर्गतको जयगाउँमा सम्पन्न गरेको छ । सभामा व्यवसायिहरुले समय सापेक्ष अगाडी बढ्न नसके कुनैपनि व्यवसाय दीघो हुन नसक्ने कुरामा जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष प्रेम शर्मा पौडेलले प्रविधिको विकाससंगै बुक सप व्यवसाय संकटमा परेको बताउनुभयो । त्यसैगरि फलेवास नगरपालिका १ का अध्यक्ष बाबुराम पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टे प्रभावकारी हुँदै गएको बताउनुभयो ।

नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ग्रामीण क्षेत्रमा उत्पादित खानाका लागि जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँ पर्यटन मञ्चका अध्यक्ष रबिन्द्र पौडेलले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको जरुरी रहेको बताउनुभयो । कार्यक्रममा स्थानिय युवा विष्णु पोखरेलले ग्रामीण पर्यटन प्रवद्र्धन सफल भएमा विदेश जाने युवाहरुलाई गाउँमै रोजगारी दिन सकिने भएकाले घरआवास कार्यक्रमलाई सबैको सहयोग रहेको जनाउनुभयो । उहाँले सो गाउँमा अर्गानिक खेती र योगा सेण्टरलाई प्रभावकारी रुपले लैजाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै संस्थाका सदस्य दुर्गा सर्माले महिलाहरुको सहभागिता होमस्टे प्रवद्र्धनका लागि उर्जाशिल भएको बताउनुभयो । होमस्टे संचालकहरु लक्ष्मी पोख्रेल, कृष्ण पोखरेल लगायतले सो गाउँको बारेमा बोल्नुभएको थियो । संस्थाका सचिव भरतबहादुर पौडेल, सदस्य सावित्रा तिमिल्सीना लगायतले होमस्टेका बारेमा बोल्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका