जनताले संविधान छ भनेर कहिलेसम्म कुरिरहनु पर्ने हाे ? – Samacharpati
Home | About Us | Contact | Unicode |

जनताले संविधान छ भनेर कहिलेसम्म कुरिरहनु पर्ने हाे ?

नेपाल एक एक सार्बभौमसत्ता राष्ट्र हाे, जहाँ अहिले स्थानिय, प्रदेश र केन्द्र सरकारमा नेकपामाे दुइतिहाइ छ र सरकार चलाइरहेकाे छ । हुन त हिजोपनि पटकपटक दुइतिहाइ र एकात्मक राज्य नभएको यो देश हुँदै होइन। पटकपटक संविधान बने तर संविधान दिर्घकालिन कार्यान्वयन हुन सकेन। जनताले संविधान छ भनेर कुरिरहनु पर्दैन भन्ने यो एउटा मुलतः सन्देश हो हाम्रो देशमा । किनकी राणाको राज्य हुदै राजतन्त्र त पञ्चायत देखि २०४७ सालको संविधान ढलेको हाम्रो आँखा सामु ताजै छ।
Rajan pokhrel
देशमा पटिल्लाे साय धर्म, राजा, संघीयता र गणतन्त्रको बिषयमा अधिक चर्चा हुन थालेको छ। यी चर्चाले फेरिपनि २०७२ सालको संविधान जनताले कुरिरहने अवस्था छैन । पछिल्लाे समय सुनिन थालेका अावाज, दलका नेताकाे टिप्पणी र जनताकाे धैर्य गर्ने सामर्थ्यकाे अाँकलन गर्दा कतै उत्कृष्ठ भनिएकाे याे संविधान कार्यान्वय हुन नसकेर फेरि जनताले संघर्ष गर्नुपर्ने त हाेईन भन्ने प्रश्न उठेकाे छ । त्यस्ताे नहाेस, संविधानकाे सफल कार्यान्वयन हाेस ।

यसका लागि सरकार एवम् राजनीतिक दल बेलैमा सजक हुन जरुरी छ। संविधान र संघीयता मानेकाहरुपनि आजभोलि मिडिया होस वा सभाम संविधान विरुद्ध बोलिरहेकै छन, उसो त केही दिन यता पत्रपत्रिकामा नेपालको राजतन्त्र रअले फालेको भनेर चर्चा आइरहेको छ, यस कुरामा कुनै पनि राजनीतिक दलका शीर्ष नेताहरु स्पष्ट रुपमा बोलेका छैनन् ।

बढ्दो राजनितिकरण, भष्ट्राचार, अनिमियतता, सरकारी सेवा सुबिधा, तथा कर्मचारीतन्त्रलेनै यस गणतान्त्रिक संविधानलाइ दिन प्रतिदिन धराशायी पारिरहेको अनुभूति हुन थालेकाे छ। गणतन्त्रको बिषयमा सरकार निर्माणको २० महिनापछि मात्र प्रथम पटक सर्बदलिय बैठक बस्यो । ब्यवस्था परिवर्तन गर्ने तर स्थायित्व गर्न तर्फ कसैले पनि ध्यान नदिदा नेपाल र नेपालीले समृद्धि भन्ने कुरा बोली र सपनामा मात्र देखिरहेका छन।

आजभोलि कतै यो गणतान्त्रिक संविधान ढल्ने हो कि भन्ने चिन्ता बढ्दै गइरहेको छ। दिन प्रतिदिन राष्ट्रियता कमजाेर भैरहेको छ। राष्ट्रियता कमजोर हुँदै जादा होस वा आर्थिक मन्दिको समस्या हुदा होस अथवा भष्ट्राचारको समस्या बढ्दै जादा होस, जनताले यो संविधान कुरेर बसिरहनुपर्छ भन्ने छैन । त्यसैले राजनीतिक दल एवम् सरकार बेलैमा सजक बनेर सुखी नेपाली समृद्ध नेपाल बनाउन तर्फ लागेर नेपाल एक बिकसीत राष्ट्र बनाउनुको बिकल्प छैन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित