Samacharpati
बुधबार, चैत्र २६, २०७६
  • होमपेज
  • सिद्धवावा पहिरोमा दुई जीप पुरिदा एक जनाको मृत्यु, ६ जना घाईते

सिद्धवावा पहिरोमा दुई जीप पुरिदा एक जनाको मृत्यु, ६ जना घाईते

सिद्धवावा पहिरोमा दुई जीप पुरिदा एक जनाको मृत्यु, ६ जना घाईते

पाल्पा, २७ भदौ  । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धवावामा पहिरोले दुई जीप पुरिदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी दुई जीपमा सवार ६ जना घाईते भएका छन । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ५९३८ जीपको जीपलाई पाल्पाको तिनाउ गाउँपालिका दोभान डेडबक्स नजिकै सडक माथिबाट आएको पहिरोले पुरेको हो ।

पहिरोले जीप पुर्दा जीप चालक रुपन्देहीका कमल परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवलतर्फ आउँदै गरको जीपमा चालकसहित ३ जना र पाल्पातर्फ जाँदै गरेको जीपमा चालकसहित ४ जना सवार थिए ।  पहिरो ठूलो भएकाले सिद्धार्थ राजमार्गमा सवारी साधन अवरुद्ध छ । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवलतर्फ लगिएको छ। पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका