सेनाका रत्नजित र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश अन्तिम चारमा – Samacharpati
Home | About Us | Contact | Unicode |

सेनाका रत्नजित र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश अन्तिम चारमा

काठमाडौँ, २७ भदौ  । सेनाका रत्नजित तामाङ्ग र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । तामाङ्गले पुलिसका सुनिल जोशीलाई २१ / १०, २१ / १३ ले पराजित गरे । अव उनले फाईनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३ / २१, २१ / ११, २१ / १५ ले पाखा लगाए । यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१ / १६, २१ / १६ को जित निकाले । सेमिफाईनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ संग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्य माथि २१ / ७, १८ / २१, २१ / ११ को जित निकाले ।

पुरुष एकल खुल्ला तर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६ / २१, २१ / ७, २१ / ११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । अव उनले सेमिमा एपिएफका प्रियान्सु सिंह क्षेत्री संग प्रतिस्पर्धा गर्ने छन् । प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६ / २४, २१ / १९ ले पराजित गरे । यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन् । रानाले पुलिसका पूर्णबहादुर थापालाई २१ / १६, २१ / १५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१ / १५, २१ / १४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित