प्रिन्सको अन्तराष्ट्रिय प्रतियोगितामा दोहोरो जित – Samacharpati
Home | About Us | Contact | Unicode |

प्रिन्सको अन्तराष्ट्रिय प्रतियोगितामा दोहोरो जित

काठमाडौँ, २७ भदौ । नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर ईन्टरनेशनल सेरिज २०१९ मा बिहिबार पुरुष एकल र मिश्रीत जोडी दुवै तर्फ जित निकाल्न सफल भएका छन् ।

अघिल्लो संस्करण्का विजेता प्रिन्सले यु १९ को एकल खेलको दोश्रो चरणमा दुवईका भर्नूकार्तिक भारथी मोहनलाई पराजित गरेका हुन् । दोश्रो बरियतामा रहेका प्रिन्सले पहिलो चरणमा वाई पाउँदै दोश्रो चरण प्रवेश गरेका थिए । प्रिन्सले बिना बरियताका मोहनलाई २१ / ८, २१ / १५ ले पराजित गरेका हुन् । अव उनले तेश्रो चरणमा दुवईका कृष्ण कुमार कौशिक संग प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै दाहाल मिश्रित जोडीमा पनि बिजयी हुदै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । दाहालले दुवईमानै बसोबास गर्दै आईरहेकी नेपाल महेन्द्रनगरकी सानिया चन्दसंग मिलेर दुवईका नभान नजिव र कारोलिन कोल्कुहोओनलाई २१ / १४, २१ / १७ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित