Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • महेन्द्रनगरबाट काठमाडौं तर्फ आइरहेको यात्रुबाहक बसमा आगलागी

महेन्द्रनगरबाट काठमाडौं तर्फ आइरहेको यात्रुबाहक बसमा आगलागी

महेन्द्रनगरबाट काठमाडौं तर्फ आइरहेको यात्रुबाहक बसमा आगलागी

काठमाडौँ, २६ भदौ ।  महेन्द्रनगरबाट काठमाडौं तर्फ आइरहेको एक यात्रुबाहक बसमा आगलागी भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा आगलागी भएको बताइएको छ । प्रहरीले जनाए अनुसार महेन्द्रनगरबाट छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो ।

बस पूर्ण रुपमा जलेको बताइएको छ । र बसमा रहेका सम्पूर्ण यात्रु भने शकुशल रहेको बताइएको छ । आगलागी हुनुको कारण खुलिनसकेको र त्यस बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। आगलागी बारे जानकारी पाउने बितिकै बर्दघाटबाट घटनास्थल पुगेको प्रहरी टोलिले आगो नियन्त्रणमा लिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका