महेशको 'माया बिरानी'आँचललाई फकाउँदै नाजिर – Samacharpati
Home | About Us | Contact | Unicode |

महेशको ‘माया बिरानी’आँचललाई फकाउँदै नाजिर

काठमाडौँ, २५ भदौ । नेपाली गीत संगीतको क्षेत्रमा नाच फिरिरिुबाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको ‘माया बिरानी’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जि २१ डिजिटलको प्रस्तुती समेत रहेको उक्त म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द र सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ । असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित