Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • सक्कली सुन भनी नक्कली सुन साट्ने ब्यापारी पक्राउ

सक्कली सुन भनी नक्कली सुन साट्ने ब्यापारी पक्राउ

सक्कली सुन भनी नक्कली सुन साट्ने ब्यापारी पक्राउ

काठमाडौँ, २५ भदौ । महंगीएको सुन किन्दै हुनुहुन्छ भने होशियार । सक्कली सुन भनी नक्कली सुन दिदै सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगि गरेर बेच्ने गिरोह नेपालका अधिकांश स्थानमा सक्रिय बन्दै गएको छ । जसको पछिल्लो उदाहरण हुन् मोरङ बुढिगंगा गाउँपालिकामा सुन पसल संचालन गर्ने सुन व्यापारी ३६ वर्षिय जितेन्द्र साह स्वर्णकार ।

जसलाई मोरङको बुढीगंगा गाउँपालिका – २ स्थित गणेश लक्ष्मी ज्वेलर्स (सुन पसल) संचालन गर्दै आएका विराटनगर महानगरपालिका – ४ बाट प्रहरीले पक्राउ गरेको छ । स्वर्णकारले आफ्ना सुन पसलमा धितो राखेको सुनहरू समय सिमा पुरा भएपछि ग्राहकले आएर साँवा र व्याज चुक्ता गरेपछि सक्कली सुन राखेर नक्कली सुन दिने गरेको ग्राहकहरुको उजुरीका आधारमा प्रहरीले पत्ता लगाएको हो ।

उनले ग्राहकले धितोमा राखेको सुन जस्तै बनाएर नक्कली सुन दिई ठगी गेरको कैयौँ उजुरी परेपछि प्रहरीले गरेका विभिन्न अप्रेशनका क्रममा ब्यापारी स्वर्णकारलाई प्रमाण सहित पक्राउ गर्न प्रहरी सफल भएको हो । स्वर्णकारले झुक्याएर खड्ग बहादुर श्रेष्ठलाई बाला र औंठी २ थान, बेरूवा औंठी १ थान, टप ७ थान, कुन्डल १० थान, सुनको जुली समेत दिएर पटक पटक गरी ठगेको प्रहरीले जनाउको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका