Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरु प्रहरीको नियन्त्रणमा

चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरु प्रहरीको नियन्त्रणमा

चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरु प्रहरीको नियन्त्रणमा

काठमाडौं- चितवन मेडिकल कलेज (सिएमसी)मा आन्दोलनरत एक दर्जनभन्दा बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी शालिकराम शर्माले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा सोही मेडिकल कलेजमा अध्ययनरत तथा विद्यार्थी संर्घष समितिका अध्यक्ष समेत रहेका प्रकाश चन्दसहित एक दर्जनभन्दा बढी विद्यार्थी छन्। चन्द नेत्रविक्रम चन्द विप्लवका छोरासमेत हुन्। ‘एक दर्जन बढी विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ। सामान्य अनुसन्धानको प्रक्रियापछि उनीहरुलाई छाडिनेछ,’ डिएसपी शर्माले भने, ‘बिरामीहरुलाई सेवा प्रवाहमा समस्या भएको भन्दै अस्पताल प्रशासनले पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिएका हौँ।’

यसअघि, सरकारले निर्धारण गरेको भन्दा बढी शूल्क लिएको स्वीकार गर्दै मेडिकल कलेजले र्फिता गर्ने सहमति गरे पनि सो कार्यान्वयन नगरेकोलगायत माग राख्दै विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन्। एक साता अघिदेखि विद्यार्थीले कलेजको पठनपाठन नै ठप्प पारी आन्दोलन गर्दै आएका छन्। एमबिबिएस, बिडिएस, बिएससी नर्सिङलगायत अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छन्।

source:swasthyakhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका