Samacharpati
शुक्रबार, माघ १०, २०७६
  • होमपेज
  • एक्सनले भरिपुर्ण चलचित्र ‘शिबम्’ दशैंको अवसर पारेर अशोज १७ गते देखि प्रदर्शनमा

एक्सनले भरिपुर्ण चलचित्र ‘शिबम्’ दशैंको अवसर पारेर अशोज १७ गते देखि प्रदर्शनमा

एक्सनले भरिपुर्ण चलचित्र ‘शिबम्’ दशैंको अवसर पारेर अशोज १७ गते देखि  प्रदर्शनमा

काठमाडौं, २५ भदौ । निर्देशक राजु गिरीले निर्देशन गरेको चलचित्र ‘शिबम्’ प्रदर्शनको लागी तयार भएको छ । चलचित्र सेन्सर बोर्डबाट सेन्सर पास गरी पिजी सर्टिफिकेट लिएसँगै यो चलचित्र प्रदर्शनको लागी तयार भएको हो ।

एस.के. प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरी लगायतले अभिनय गरेका छन् । श्रीकृष्ण बम मल्लको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ भने यस चलचित्रको निर्मातामा पर्बत कार्की र कल्पना खराल रहेका छन् ।

तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको चलचित्र ‘शिबम्’ आफ्ना अघिल्ला अरु चलचित्र भन्दा पनि धेरै मेहनत गरेर निर्माण गरेको कारणले पनि दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको निर्देशक राजु गिरीले बताए । (चलचित्रमा चाहिने लभ, एक्सन, हाँस्य लगायत सबै मसला समेट्न धेरै मेहनत गरेका छौं, त्यसैले पनि चलचित्र शिबम् नेपाली दर्शकको मनमा बस्छ ( निर्देशक गिरीले बताए । यो चलचित्र दशैंको अवसर पारेर यही अशोज १७ गतेदेखि देशब्यापी प्रदर्शन हुन लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका